जाजरकोट भूकम्प: प्रभावितलाई १ करोड ५० लाख उपलब्ध गराउने बागमती प्रदेश सरकारको निर्णय

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार राती कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्धार, र पुनर्निर्माणको लागि बागमती प्रदेश सरकारले उक्त रकम सहयोग गर्ने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताए।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बसेको आपतकालीन बैठकले कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै उक्त रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ