जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितका लागि चन्द्रागिरि नगरको ८ लाख सहयोग

Thankot Times

थानकोट ।

यही कार्तिक १७ गते मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाइ गएको शक्तिशाली भूकम्पबाट पीडित नागरिकहरूका लागि चन्द्रागिरि नगरपालिकाले ८ लाख रूपैयाँ सहयोग गरेको छ । 

यसअघि काठमाडाैं उपत्यका मेयर्स फोरमले भूकम्प पीडितका लागि एकमुष्ट ३५ लाख सहयोगको घोषणा गरिसकेको छ। 

काठमाडाैं महानगरले जाजरकोट भूकम्पपीडितका लागि सोमबार नेपाली सेनाको विमानमार्फत महानगरले १४ लाख रुपैयाँको एक हजार चार सय थान कम्बल पठाएको छ । महानगरले सोमबार पठाइएको राहत पहिलो प्याकेजअन्तर्गत रहेको र थप अर्को प्याकेजमा राहत पठाइने जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले यसबाहेक अन्य प्राविधिक तथा इन्जिनियरिङ सहयोग चाहिनेमा पनि महानगरले सहयोग गर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाले भूकम्पपीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

ललितपुरकै गोदावरी नगरपालिकाले पनि भूकम्प प्रभावित क्षेत्रका स्थानीयवासीको पुनर्वासको लागि २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

उपत्यका मात्रै नभएर पश्चिम रुकुम र जाजरकोटका भूकम्पपीडितलाई देशभरका अधिकांश नगरपालिकाले आर्थिक तथा अन्य राहत सहयोग गरेका छन् ।

अधिकांश नगरपालिकाले राहत घोषणा गरेका छन् भने कतिपयले राहत सामग्री पीडितको हातमा पुर्याइसकेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ