कार्तिक २८ र २९ गते मनकामना केबलकार सेवा बन्द रहने

Thankot Times

थानकोट ।

नेपालमा पहिलोपटक केबलकार सेवा सुरु गरेको मनकामना केबलकार तिहार पर्वका कारण २ दिन बन्द हुने भएको छ ।

सो केबलकार सेवा कार्तिक २८ गते गोवर्धन पूजा र २९ गते भाइ टीका दिन बन्द रहने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार मनकामना केबलकार कात्तिक ३० गतेदेखि नियमित सञ्चालनमा आउनेछ ।

गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माताको मन्दिर पुग्न दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

सो केबलकार सेवा प्रयोग गरी दैनिक हजाराैं स्वदेशी तथा विदेशीहरू मनकामना क्षेत्र पुग्ने गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ