चन्द्रागिरिमा भव्य रूपमा मनाइयो न्हूदँ, राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा बोसिगाउँ लगियो

Thankot Times

थानकोट ।

नेपाल संवत् ११४४ को अवसरमा चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा न्हूदँ भिन्तुना हर्षोल्लासका साथ मनाइएको छ ।

मंगलबार बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, बागमती प्रदेश सभा सदस्यद्वय बिन्दु श्रेष्ठ र यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमयेर बसन्ती श्रेष्ठ, विभिन्न वडाका जनप्रतिनिधिहरू लगायत स्थानीयहरूको बाक्लो उपस्थितिका बीच नेपाल संवत् ११४४ को स्वागत गरिएको हो ।

सो क्रममा आयोजना भएको साइकल तथा मोटरसाइकल र्यालीले चन्द्रागिरि नगरका सबै वडा परिक्रमा गरेको थियो । र्यालीमा सहभागी भएकाहरूका लागि स्थानीय चोक चोकमा स्वागत गरिएको थियो ।

नेवारी पोसाकमा सजिएका महिला पुरुषहरूको उपस्थितिमा चन्द्रागिरिका सबै वडामा नेपाल संवत् को नयाँ वर्ष भव्य रूपमा मनाइएको तस्बिरले यतिबेला सामाजिक सञ्जाल रंगिएको छ ।

ईटाख्य, बालागाँ र नगाँःचा नेवा पुच र चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ७ ले संयुक्त रूपमा आयोजनामा गरेको सो कार्यक्रमपछि नेपाल संवत् का प्रवर्दक शंखधर साख्वाको प्रतिमा चन्द्रागिरि नगरपालिका-१० सतुगंलस्थित बोसिगाउँ नेवाः पुचलाई हस्तान्तरण गरिएको थियो ।

चन्द्रागिरि नगरका विभिन्न नेवाः पुचहरूले वर्षेनी आलोपालो रूपमा न्हूदँ मनाउने गर्ने परम्परा छ ।

नेपाल संवत् को नयाँ वर्ष मुलतः नेवार समुदायले मनाउने गर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *