विश्वकप फुटबल छनोट: यमनसँगको खेल हेर्न जाने दर्शकका लागि थानकोट रूटमा एन्फाका २ बस !

Thankot Times

थानकोट ।

विश्वकप फुटबल प्रतियोगिताको एसिया छनोटको दोश्रो चरण अन्तर्गत आज दशरथ रंगशालामा नेपाल र यमनबीच खेल हुँदैछ ।

समूह ‘एच’ को दोस्रो खेलमा आज बेलुकी ७ बजे सुरु हुनेछ ।

अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।

यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो। त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ।

फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

यसैबीच यमनविरुद्धको खेल हेर्न आउने दर्शकलाई खेलपछि घर फर्किन अखिल नेपाल फुटबल संघ (एन्फा) कम्तीमा १५ वटा बसको व्यवस्था गर्ने भएको छ ।

खेल हेर्न रंगशाला आएका दर्शकलाई घर फर्किन कम्तीमा १५ वटा बसको व्यवस्था गर्ने जनाएको हो ।“खेल साँझ ७ बजेदेखि सुरु हुने हुँदा दर्शकलाई घर फर्किन सहज होस् भनेर हामीले कम्तीमा १५ बसको व्यवस्था मिलाउँदै छौँ । आवश्यक परेको खण्डमा अरु बस थपिनेछन् । तर, दर्शकहरूले एन्फाले व्यवस्था गरेको बसमा चढ्नका लागि खेल हेरेको टिकटको अर्धकट्टी साथमा राखेको हुनुपर्छ,” खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विश्वकप छनोटका संयोजक एन्फा उपाध्यक्ष दीपक खतिवडाले भने ।

नेपालमा यसअघि साँझका खेल अपरान्ह ५ बजेपछि सुरु हुने गरे पनि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसको आग्रहमा यसपटक खेलको समय साँझ ७ बजे राखिएको हो । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले साधारण प्यारापिटतर्फ ३०० र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकेको छ । एन्फाले यमनसँगको खेल सञ्चालनका लागि ७३ लाख ६८ हजार ४०० रुपैयाँ खर्च हुने जनाएको छ ।

एन्फाले दर्शक घर पुर्याउन व्यवस्था गरेका बसहरू मध्ये २ वटा बस थानकोट रूटमा गुड्ने भएका छन् । एन्फाका अनुसार त्रिपुरेश्वरबाट छुट्ने ती बस कालिमाटी-कलंकी-सतुगंल-थानकोट रूटमा गुड्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *