मातातीर्थमा मृत अवस्थामा भेटिए एक पुरुष, अनुसन्धान जारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातीर्थमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
प्रहरी वृत्त थानकोटका अनुसार मातातीर्थ बस्ने ४८ वर्षीय राजेन्द्र संग्रौला आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।












