बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

Thankot Times

थानकोट ।

बीबीसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

बीबीसीले प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ ।

यस वर्षकाे सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छन् । रुक्साना कपालीले आफू हुर्कँदै गर्दा आफ्नो पहिचानका बारेमा पर्याप्त जानकारी नपाएर संघर्ष गरेकी थिइन् ।

त्यसपछि उनी आफैले लैंगिक एवं यौनिक पहिचान गरेकी थिइन् ।

हाल उनले नेपालमा एलजीबीटीक्यूप्लस मानिसको अधिकारका विषयमा अवाज उठाउँदै आएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिने र फरक लैंगिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् । हाल कपालीले कानुन विषय अध्ययन गरिरहेको र तेस्रो वर्षमा रहेको बीबीसीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *