गणेश तथा वन महालक्ष्मी जात्राका अवसरमा मातातीर्थ बालागाउँमा विविध सांस्कृतिक कार्यक्रम हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ बालागाउँमा गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा अवसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
यहि मंसिर ९ देखी १२ गतेसम्म बालागाउँमा गणेश महालक्ष्मी तथा वन महालक्ष्मी जात्रा मनाइँदैछ ।
जात्राको अन्तिम दिन मंसिर १२ गते मंगलबार मातातीर्थ बालागाउँ जात्रा समितिको संयोजनमा हुने सांस्कृतिक कार्यक्रममा चर्चित हास्य कलाकार रवी डंगोल बेमान, पूर्ण थापा सुब्बा साबक उपस्थिति रहने बताइएको छ ।
अपरान्ह ३ बजेबाट सुरु हुने सो कार्यक्रममा गजल सन्ध्यासमेत हुने मातातीर्थ बालागाउँ जात्रा समितिले जनाएको छ ।













