मध्यरातमा गएको भूकम्प केन्द्रबिन्दु चित्लाङ, ४.५ म्याग्नेच्यूडको कम्पनले चन्द्रागिरिमा हलचल

Thankot Times

थानकोट ।

मध्यरात १ बजेर १९ मिनेटमा महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु चन्द्रागिरिसँग सीमाना जोडिएको मकवानपुर जिल्लाको चित्लाङ भएको बताइएको छ ।

चन्द्रागिरि नगरक्षेत्रमा समेत सो भूकम्पको धक्का राम्रोसँग महशुस गरिएको थियो ।

चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

सो भूकम्पको धक्का मकवानपुरसहित आसपासका जिल्लामा धक्का महसुस गरिएको थियो । धक्काका कारण काठमाडौंमा समेत मानिस घरबाहिर निस्किएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *