कलंकी क्षेत्रमा यातायात आवागमन प्रभावित
थानकोट ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका कारण कलंकी क्षेत्र हुँदै सञ्चालन हुने यातायातका सवारी साधनहरूको आवागमनमा असर गरेको छ ।
प्रसाईंले बल्खुमा आयोजना गरेको प्रदर्शनका कारण चक्रपथ अन्तर्गत कलंकी-सानेपा सडकखण्ड ठप्प भएको हो ।
कीर्तिपुरबाट जाने सवारीसाधन पनि प्रदर्शनका कारण रोकिएका छन् ।
सवारी आवागमन ठप्प हुँदा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ गइरहेका छन् ।













