प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबलः वडा नं. ३ थानकोटको विजयी सुरुवात, दहचोक १-० ले स्तब्ध
थानकोट ।
शुक्रबार सुरु भएको प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगितामा वडा नं. ३ थानकोटले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकको चुनाैती १-० ले पन्छाउँदै वडा नं. ३ थानकोटले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुमन तामाङले गरेको १ गोल थानकोटका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त रह्यो ।
यसअघि प्रतियोगिताको चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उद्घाटन गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुनेछन् ।
नकआउट प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । मंसिर १६ गते शनिबार फाइनल खेल हुने प्रतियोगितामा चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीले सहभागिता जनाएका छन् ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गर्ने प्रतियोगिताका सबै खेल नैकापस्थित फुटबल मैदानमा हुनेछन् ।












