यसकारण नागढुंगाबाट समातिए २२ वर्षीय आशीष
थानकोट ।
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित सुरक्षा जाँच केन्द्रबाट अवैध लागुऔषध निषेधित रासायनिक पदार्थ पोल्यान्ड जस्तो देखिने तीन सय ग्रामसहित बारा निजगढ नगरपालिका-५ घर भएका २२ वर्षीय आशीष दाहाललाई शुक्रबार बिहान पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बा. प्र. ०६–००१ ख ०००१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सो बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाका बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।












