प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबलः आज वडा नंं ४ र १४ तथा वडा नं. १२ र ५ बीच खेल हुने

Thankot Times

थानकोट ।

प्रथम चन्द्रागिरि नगर अन्तर वडा कप फुटबल प्रतियोगिताको तेस्रो दिन आज आइतबार पहिलो चरणका दुई खेल हुँदैछन् ।

चन्द्रागिरि नगरपालिका नैकापस्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो २ बजे पुल बी मा रहेका चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोट र वडा नं. १४ नयाँ नैकापबीच खेल हुनेछ । यो खेलको विजेताले सेमीफाइनल प्रवेशका लागि मंसिर १३ गते चन्द्रागिरि वडा नं. १३ पुरानो नैकापको सामना गर्नेछ । पुरानो नैकाप सिधै दोश्रो चरणका लागि छनोट भएको हो । 

सो अघि मध्यान्ह १२ः३० बजे पुल सी मा चन्द्रागिरि वडा नं.१२ बलम्बु र वडा नं. ५ महादेवस्थान, किसिपिडीबीच खेल हुने तालिका रहेको छ । यो खेलको विजेताले सेमीफाइनल प्रवेशका लागि मंसिर १२ गते चन्द्रागिरि वडा नं. १५ को सामना गर्नेछ । 

चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहेको प्रतियोगितामा आ-आफ्नो प्रतिस्पर्धीविरूद्ध जित हात पार्दै चन्द्रागिरि ३ थानकोट, चन्द्रागिरि ८ मातातीर्थ तथा चन्द्रागिरि १५ तीनथाना अन्तिम ८ मा प्रवेश गरिसकेका छन् । 

चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *