आज थानकोट वाणस्थली त्रिवेणी धाम स्नान मेला, चन्द्रागिरि वडा नं. ७ को कार्यालय बन्द रहने

Thankot Times

थानकोट ।

हरेक वर्ष चर्तुमास व्रत समाप्ति (कार्तिक शुक्ल पूर्णिमा) का दिन सो लाग्ने थानकोट वाणस्थली त्रिवेणी धाम स्नान मेला आज लागिरहेको छ ।

चन्द्रागिरि नगरपालिका ७ थानकोट र चन्द्रागिरि नगरपालिका १ दहचोकको सीमा क्षेत्रमा रहेको त्रिवेणी धाममा स्नान गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

त्रिवेणी स्नान मेलाका अवसरमा सोमबार चन्द्रागिरि वडा नं. ७ को कार्यालयबाट प्रवाह हुने सेवाहरू बन्द रहने भएको छ ।

आइतबार एक सूचना जारी गर्दै वडाध्यक्ष शम्भुकुमार केसीले पराम्परागत रूपमा मनाइँदै आइएको थानकोट वाणस्थली त्रिवेणी धाम स्नान मेला व्यवस्थापनमा जनप्रतिनिधिहरू तथा कर्मचारीहरू खटिनु पर्ने भएपछि वडा कार्यालयबाट सम्पादन हुने कार्यहरू बन्द रहने जानकारी दिएका थिए ।

यसअघि आइतबार मेला स्थलमा चन्द्रागिरि नगरका विभिन्न संघसंस्था, विद्यालय तथा स्थानीयहरूले सरसफाई गरेका थिए । पछिल्लो समय त्रिवेणी धाम संरक्षणमा स्थानीय बासीहरूले अग्रसरता लिएसँगै मेला वर्षेनी थप व्यवस्थित हुँदै गएको श्रद्धालुहरूको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *