प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः चन्द्रागिरि वडा नं. ९ क्वाटरफाइनलमा

Thankot Times

थानकोट ।

नैकाप जारी प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो चरणको अन्तिम खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ ले चन्द्रागिरि वडा नं. ६ को चुनाैती २-० ले पन्छाएसँगै प्रतियोगितामा अन्तिम ८ टोलीको टुंगो लागेको हो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थान विरूद्ध चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँका सर्जु रानामगरले खेलको पहिलो हाफ २ गोल गरेका थिए । अब मच्छेगाउँले सेमीफाइनलमा स्थान पक्का गर्न मंसिर १३ गते चन्द्रागिरि वडा नं. १० सतुगंलको सामना गर्नेछ । सतुगंल भने प्रतियोगिताको दोश्रो चरणका लागि सिधै छनोट भएको थियो ।

चन्द्रागिरि नगरका १५ मध्ये १४ टोलीको सहभागिता रहेको प्रतियोगितामा आ-आफ्नो प्रतिस्पर्धीविरूद्ध जित हात पार्दै चन्द्रागिरि ३ थानकोट, चन्द्रागरि ४ थानकोट, चन्द्रागिरि ५ महादेवस्थान किसिपिडी, चन्द्रागिरि ८ मातातीर्थ, चन्द्रागिरि १५ तीनथाना अन्तिम ८ मा प्रवेश गरिसकेका  छन भने चन्द्रागिरि वडा नं. १० र १३ ले सिधै दोश्रो चरण खेल्ने माैका पाएका हुन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल मा मंगलबार चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटले चन्द्रागिरि नगरपालिका वडा नं. ८ को सामना गर्नेछ यो खेल मध्यान्ह १२ः१० बजे हुने तालिका रहेको छ । यसैगरि मंगलबार नै चन्द्रागिरि नगरपालिका १५ तीनथानाले क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिका वडा नं. ५ महादेवस्थान किसिपिडीको चुनाैती सामना गर्नेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यहि शनिबार उपाधि छिनोफानो हुने प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *