आज थानकोट जात्रा, कस्ताे रहला दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नेपालमा हाल पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको विभागले जनाएको छ ।

यसैबीच, हिजो काठमाडौंको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस रहेको थियो । हिजो यो वर्षकै हालसम्मको न्यून तापक्रम हो ।

“आज भने हिजोको भन्दा तापक्रम केही बढ्नेछ । हिजोको जस्तो आज चिसो हुने छैन,” मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसँग भने, “आज काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *