भाइटीकाको दिनबाट हराइरहेका छन मातातीर्थ बस्ने विशाल, चिन्तामा परिवारजन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ बस्दै आएका एक किशोर करिब २ सातादेखि सम्पर्कविहिन भएका छन्।
स्थानीय जनविकास माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत शुक्लाफाँट नगरपालिका ११ कञ्चनपुर घर भएका विशाल लोहार गत भाइटीकाको दिनबाट परिवारको सम्पर्कमा नरहेको बताइएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नंं ८ मातातीर्थले मंगलबार सामाजिक सञ्जालमार्फत बेपत्ता भएका बालकको अवस्था थाहा भएमा निजकी आमालाई वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध समेत गरेको छ ।












