प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताः दुवै सेमीफाइनल खेल आज
थानकोट ।
मंसिर ९ गतेबाट चन्द्रागिरि नगरमा जारी प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको दुवै सेमीफाइनल खेल आज हुँदैछन् ।
नैकाप फुटबल मैदानमा हुने सेमीफाइनल खेल मध्यान्ह १२ः३० बजे र दिउँसो २ः३० बजे सुरु हुने तालिका रहेको छ ।
प्रतियोगिताको पहिलो सेमीफाइनलमा मध्यान्ह १२ः३० बजे चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातीर्थ र वडा नं. ४ थानकोटबीच खेल हुनेछ । मातातीर्थले क्वाटरफाइनल खेलमा चन्द्रागिरि नगरपालिका-०३ थानकोटको चुनाैती पन्छाएको थियो भने थानकोटले पुरानो नैकापमाथि ४-० जित हात पार्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।
यसैगरी दोश्रो सेमीफाइनलमा दिउँसो २ः३० बजे चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँले चन्द्रागिरि नगरपालिका १५ तीनथानाको चुनाैती सामना गर्नेछ ।
मच्छेगाउँले क्वाटरफाइनलमा चन्द्रागिरि वडा नं. १० सतुगंललाई पराजित गरेको थियो भने तीनथानाले चन्द्रागिरि नगरपालिका वडा नंं ५ महादेवस्थान किसिपिडीको चुनाैती पन्छाएको थियो ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले २ लाख रूपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल मंसिर १६ गते शनिबार हुनेछ ।














