आजकाे माैसम पूर्वानुमान: आंशिक बदलीदेखि हिमपातसम्म

Thankot Times

थानकोट ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा  आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *