सुन चाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार हुने साताको दोश्रो दिन सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन तोलाको एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलाको एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













