सुनको मूल्य घट्यो
थानकोट ।
कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













