यू-१९ एसिया कप क्रिकेट: नेपालको लगातार तेस्रो हार, ५३ रनको लक्ष्य पाएको भारत १० विकेटले विजयी

Thankot Times

थानकोट ।

यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।

झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकर्णीले अविजित ४३ रनको योगदान गरे ।

लगातार तेस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *