सुन चाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा कारोबार हुने साताको छैटाैं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ बढेको छ ।
 
छापावाल सुन तोलामा एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ ।

चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *