नेपाली बजारमा सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

छापावाल सुन तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन तोलाको एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन भने तोलाको एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *