मुम्बई अन्तरार्ष्ट्रिय कराँते च्याम्पियनसीपःधनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीलाई ११ स्वर्णपदक

Thankot Times

थानकोट । 

भारतको मुम्बईमा सम्पन्न अन्तरार्ष्ट्रिय कराँते च्याम्पियनसीपमा सहभागीता जनाएको चन्द्रागिरि नगरपालिका-१० सतुगंल बोसिगाउँस्थित धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीहरूले ११ स्वर्णसहित १५ पदक हात पारेका छन् । 

आइतबार सम्पन्न प्रतियोगितामा धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडीहरूले अन्जली महर्जनले काता तथा कुमिते, एलिना थिङले काता तथा कुमिते, सन्दिप राईले काता र कुमितेमा स्वर्ण जित्दा ममता शाहशंकरले कातामा स्वर्ण तथा कुमितेमा कास्य पदक जितेका छन् ।

यसैगरी सुलभ श्रेष्ठले रजत पदक हात पार्दा राकेश मानन्धर विजय कुमार पोदारले समान १-१ कास्य पदक जितेको प्रतिष्ठानका अध्यक्ष संघरत्न महर्जनले जानकारी दिनुभयो । 

राकेशले कुमितेमा स्वर्ण जिते ।

अस्मिता थापा मगरले सर्वोत्कृष्ठ खेलाडीको उपाधि जित्दा नेपाली महिला काता टिम टिम च्याम्पियन बन्यो । 

सिताराम लामा र सरोज लामा प्रशिक्षकका रूपमा मुम्बई पुगेका थिए भने गुञ्जन सिंह व्यवस्थापकको भूमिका थिए । 

प्रतियोगितामा प्रतिष्ठानका ९ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *