सुन चाँदीको मूल्यमा बढोत्तरी
थानकोट ।
कारोबार हुने साताको छैठाैं दिन नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ।
हिजो बिहिबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रूपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।













