१६ महिना अघिदेखि बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
थानकोट ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर समेत रहेका सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेशी पुस २५ गतेलाई तोकिएको छ ।













