राष्ट्रिय महिला भलिबल: चन्द्रागिरिको न्यू डायमण्ड र एपिएफ फाइनलमा
थानकोट ।
हेटौँडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।
टिसिएन चौरमा जारी महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा चन्द्रागिरि नगरको न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लब र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुने भएको हो ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका न्यु डाइमण्ड, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ ।
विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ प्रतियोगिताको फाइनल खेल भोलि सोमबार अपरान्ह ४ बजे हुने तालिका रहेको छ ।













