राष्ट्रिय भारोत्तोलन अर्को साता

Thankot Times

थानकोट ।

नेपाल भारोत्तोलन संघकोआयोजनामा २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ । 

पुरुष/महिलातर्फ सिनियर, जुनियर रयुथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक भारोत्तोलन संघका अध्यक्षरामकृष्ण श्रेष्ठ (बोस)ले आइतबार मध्यपुर थिमीस्थित थिमी ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

करिब २५० खेलाडीको सहभागिता रहने छ । सहभागीसबैको खाना र बसोवासको व्यवस्था संघले नै गर्ने छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलनमहासंघ, एसियाली भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार खेलाइने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *