सुनको मूल्य स्थिर
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपालमा सुनचाँदीको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासङ्घले आजको बजार भाउ तय गर्दै सुनचाँदीकै कारोबार मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको मूल्य कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ ।
महासङ्घले आज तोलामा १४ सय ५५ रुपैयाँ कायम हुँदै चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।













