तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको भाउमा गिरावट आउने क्रम आज पनि जारी रहेको छ ।

हिजो तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनकाे भाउ तोलाको १ लाख २० हजार ८ सय र अस्ति मङ्गलवारको भाउ तोलाको १ लाख २१ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *