सुन चाँदीको भाउ आज यथावत
थानकोट ।
कारोबार हुने साताको छैटाैं दिन शुक्रबार नेपाली बजारमा सुन चाँदीको भाउ आज यथावत रहेको छ ।
हिजो तोलामा १ हजार ३ सय रुपैयाँले घटेर सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज यही भाउ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटबढ भएको छैन् ।
चाँदीको भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।













