नागढुंगास्थित बाघ बछ्ला बहुउद्देश्यीय सहकारीको १७औं वार्षिक साधारण सभा सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नाढुंगाको बाघ बछला बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सप्पन्न भएको छ ।
बागमती प्रदेशका पर्यटन तथा संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जनको उपस्थितिमा सहकारीले १७औं वार्षिक साधारणसभा सप्पन्न गरेको हो ।
साधारणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । मन्त्री महजर्जले प्रदेशको विकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको सशक्तिकरणमा टेवा पुगेको धारणा राखे ।
मन्त्री महर्जनले भने, आर्थिक रुपले विश्व नै मन्दीतर्फ धकेलिएको र नेपालमा पनि घर जग्गा, शेयर बजारमा आएको गिरावट र देशभरका धेरै सहकारीकरु तरलताको कमीले गर्दा आफ्नो साख गुमाईरहेको अवस्थामा यो सहकारीको कार्य सुखद रहेको छ ।
सिद्धात र व्यवहार दुवै रुपले सहकारी भन्ने नाराका साथ सम्पन्न सो साधारण सभामा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै वित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे ।
मेयर गिरीले सहकारी मार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई आर्थिक रूपमा अगाडि पुर्याउने विश्वास व्यक्त गरे ।
सभामा संस्थाका अध्यक्ष तेज बहादुर भूर्तेलले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । उनले सदस्यहरुको स-सानो पूँजीलाई दैनिक रुपमा बचत गराउँने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए ।
चन्द्रागिरि नगरपालिका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिइ अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा अघि सारेकाले सहकारीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे ।
सहकारीले शुरुका दिन देखिनै प्रतिशत भन्दा कम कुनै वर्ष आफ्ना सदस्यहरुलाई प्रतिफल नदिने कठोर लक्ष्य राखेको उक्त संस्थाले अघिका सबै वर्षहरुमा जस्तै आफ्नो लक्ष्यआ.व. २०७९/८० मा पनि पूरा गरी उक्त आ.व. को नाफा(बचत)बाट १५% प्रतिफल दिन लागेको संस्थाले जनाएको छ ।
१ वर्ष भन्दा बढी भाखा नाघेको कर्जाको शतप्रतिशत, १ बर्ष भन्दा कम भाका नाघेको कर्जाको ३५% र मौज्दातमा रहेको असल कर्जाको १% रकम शंकास्पद ऋण कोषमा विनियोजन नगरी लाभांश बाढ्न नपाईने संघीय सहकारी विभागको निर्देशनलाई पालना गर्दै उक्त कोषमा पर्याप्त रकम राखी लाभांश दिन लागेको बताइएको छ।
संस्थाले आ.व.२०७९/८० बाट स्थानीय सरकार चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनको बिक्री-वितरण तथा बजारीकरणमा सघाउने उद्देश्यले स्थानीय बिक्री केन्द्रको संचालनमा शुरु गरेको छ जस्ले स्थानीय उत्पादकले उचित मूल्य, बिक्री गर्ने स्थान र बजारीकरणको अवसर पाएका छ्न् ।













