सुन चाँदीको मूल्यमा गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७०० र चाँदीको पाँच रुपैयाँले घटेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *