थानकोटमा ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको अभियोगमा २६ वर्षीय युवा पक्राउ

Thankot Times

थानकोट ।

थानकोटमा ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा १ जना स्कुटरचालक पक्राउ परेका छन्।

चन्द्रागिरि नगरपालिका-३ थानकोट बसपार्कस्थित ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका-६ घर भइ चन्द्रागिरि नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

थानकोटमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नागढुंगाबाट थानकोटतर्फ आउँदै गरेको बा.५७ प. ५९४६ नम्बरको स्कुटरचालक रामले प्रहरीमाथि हातपात गरेका थिए।

रामको हातपातबाट प्रहरीको १ थान हेण्ड सेट (वाकिटकी) मा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *