सुन चाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी आज एक हजार ४१० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *