नवाैं कमला कार्की स्मृति दिवसको प्रमुख अतिथिमा भद्रकुमारी घले
थानकोट ।
पूर्व मन्त्री एवं लेखिका भद्रकुमारी घले पुस २७ गते चन्द्रागिरि नगरपालिका नैकापमा हुने कमला कार्की स्मृति प्रतिष्ठानको नवाैं स्मृति दिवसको प्रमुख अतिथिका रूपमा आमन्तित्र हुने भएकी छन् ।
प्रतिष्ठानले विगत ९ वर्षदेखी चन्द्रागिरि नगरमा राष्ट्रिय ख्याति कमाएका ६ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ।
नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा बिहान १०ः३० बजे सुरु हुने कार्यक्रममा सहभागिताका लागि प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले सबैमा अनुरोध गरेका छन्।
प्रतिष्ठानले गत वर्ष भलिबल खेलाडी रेश्मा भण्डारीसँगै पत्रकारितातर्फ दी राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई नगदसहित सम्मान गरेको थियो ।
त्यस्तै ज्येष्ठ नागरिकतर्फ चन्द्रागिरि नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए। प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पुर्याएको विशेष योगदानका लागि नगद १ लाख १ रूपैयाँ र प्रशंसापत्रसहित सम्मान गरेको थियो।
उनीहरूलाई प्रमुख अतिथि माइती नेपालकी अध्यक्ष सिएनएन हिरो अनुराधा कोइरालाले सम्मान गरेकी थिइन् ।













