चन्द्रागिरि ८ को ४०० मत गणना बाँकी रहँदा नेपाली काँग्रेसको स्पष्ट लिड
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८, ९ र १० काे मतगणना जारी छ ।
चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार २९०० मत खसेको चन्द्रागिरि ८ को २५०० मत गणना हुँदा वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले १२०४ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ९२० मत पाएका छन् ।
यस वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
२९०० मत खसेको चन्द्रागिरि ८ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
हालसम्म चन्द्रागिरि ८ बाट मेयर पदका लागि रूख चिन्हमा ११५५ तथा सूर्य चिन्हमा १०१० मत परेको छ ।












