प्रधानमन्त्री कप क्रिकेट: पुलिस, मधेश र लुम्बिनीको विजयी सुरुवात

Thankot Times

थानकोट ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा नेपाल पुलिस क्लब, मधेस प्रदेश र लुम्बिनी प्रदेशले विजयी सुरुआत गरेका छन् । शनिबारदेखि सुरु प्रतियोगितामा पुलिसले वाग्मती प्रदेश, मधेसले कोसी प्रदेश र लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रनले हरायो । जितका निम्ति २८३ रनको विजयी लक्ष्य पछ्याएको वाग्मती ४२.३ ओभरमा २१४ रनमा अलआउट भयो ।

वाग्मतीका आषुतोश घिरैयाले ९२ रनको योगदान गरे पनि टिमलाई जिताउन सकेनन् ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका राशिद खानले १०६ रनको अविजित शतकीय इनिङ्स खेले ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा मधेसले कोसीलाई ७ विकेटले पराजित गर्‍यो । कोसीले दिएको १२८ रनको लक्ष्य मधेसले २० ओभर १ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । मधेसका अनिलकुमार साहले ८८ रनको अर्धशतकीय पारी खेले ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *