नेपाल बैंक लिमिटेडको ६४औं वार्षिक साधारण सभा सम्पन्न

Thankot Times

थानकोट ।

नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको हो । यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात पनि पारित गरिएकाे समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले जानकारी दिए ।

सभाले महालेखापरीक्षकको कार्यालयबाट पुस २९ गते प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदीप कुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *