टाइगर कप भलिबलमा एपीएफको ह्याट्रिक, चन्द्रागिरि न्यु डायमण्ड दोश्रो

Thankot Times

थानकोट ।

चन्द्रागिरि न्यु डायमण्ड क्लबको चुनाैती ३-० को सोझो सेटमा पन्छाउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ ।

न्यु डायमण्डकी सलिना श्रेष्ठले  प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरको उपाधि हात पार्दा बलमिका आचार्यले उत्कृष्ठ सर्भरको उपाधि प्राप्त गरिन् ।

एपीएफले शनिबार भएको प्रतियोगितामा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफले उपाधि रक्षा गरेको हो । 

एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो ।

उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५रुपैयाँ प्राप्त गरेको छ ।

महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।

न्यु डायमण्डकी सलिना श्रेष्ठले  प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरको उपाधि हात पार्दा बलमिका आचार्यले उत्कृष्ठ सर्भरको उपाधि प्राप्त गरिन् ।

प्रतियोगिताको  फाइनल खेल हेर्न चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगरपालिका वडा नंं १५ का वडाध्यक्ष एवं नगरको सामाजिक विकास समिति संयोजक घनश्याम लुइंटेल, वडा नंं १३ का वडाध्यक्ष एवं नगरको सुशासन समिति संयोजक श्रीकृष्ण खत्री लगायतको टोली पोखरा पुगेको थियो ।

चन्द्रागिरि नगरपालिकाले न्यु डायमण्ड स्पोर्ट्स क्लबको महिला टोलीका लागि एक वर्षका लागि प्रायोजन गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *