ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपः चन्द्रागिरि नगरपालिका न्यु डायमण्डको चाैथो जित
थानकोट ।
चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चाैथो खेल जितेको छ ।
ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता चौथो दिन सोमबार चौथो दिनको अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई न्यु डायमण्डले ३-० को सोझो सेटमा हराएको हो।
भलिबल स्टार प्रतिभा माली बिना प्रतियोगिता खेलिरहेको न्यु डायमण्डले धादिङलाई २५-९,२५-११, २५-११ ले हरायो । लिगमा न्यु डायमण्ड र सशस्त्र प्रहरीको एपिएफ मात्र अपराजित छन् ।
लिगमा एपिएफ १२ अंकसहित शीर्षस्थानमा यथावत रहँदा दोस्रो स्थानको न्यु डायमण्न्डको ११ अंक छ । आर्मीको ७, धादिङ स्पोर्टस क्लब र पुलिसको समान ६ तथा एन्जल्स हार्ट र जावलाखेलको समान ३ अंक छ ।
ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको लिगमा एपिएफ, बागमती, पुलिस, जावलाखेल, आर्मी, चन्द्रागिरि न्यु डायमण्ड, धादिङ र एन्जल्स हार्ट गरि ८ टोलीको सहभागिता रहेको छ ।
पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
समान ४-४ खेलपछिको अंक तालिकाः

हाम्रो खेलकुदबाट













