ढोरपाटन महिला भलिबल डबल लिगमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डको अपराजित यात्रा जारी

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार पाँचाैं खेल जितेको छ ।

ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिता पाँचाैं दिन मंगलबार पाँचाैं दिनको दोश्रो खेलमा खेलमा न्यु डायमण्डले जावलाखेल भलिबल ट्रेनिङ क्लबलाई ३–० ले हराएको छ । सहज जित निकाल्ने क्रममा न्यु डायमण्डले जावलाखेलमाथि २५–३,२५–१० र २५–७ को सहज जित निकालेको थियो ।

न्यु डायमण्डले अन्तिम दुई खेलमा दुई विभिागय टोली नेपाल पुलिस क्लब र साविक विजेता एपिएफको सामना गर्नेछ ।

पाँच खेलको समाप्तीमा १४ अंकसहित न्यु डायमण्ड दोस्रो स्थानमा छ । न्यु डायमण्डले बुधबार पुलिस र बिहीबार पहिलो चरणको अन्तिम खेलमा एपिएफको सामना गर्नेछ । एपिएफले छैटौं खेलमा धादिङ स्पोर्टस क्लबसँग खेल्नेछ ।

पहिलो चरणमा शीर्ष ६ स्थानमा रहने टोलीले दोस्रो लिगमा पुनः प्रतिस्पर्धा गर्ने ढोरपाटनले जनाएको छ । ढोरपाटनको १६ औं संस्करणको उत्कृष्ट खेलाडी र वर्षको उत्कृष्ट खेलाडीले एम्पियरको स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार, दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार, चौथो टोलीले ७५ हजार, पाँचौं टोलीले ५० हजार र छैटौं टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

हाम्रो खेलकुदबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *