एकदिवसीय क्रिकेट शृङ्खलाः नेपाल र क्यानडाबीचको पहिलो खेल आज

Thankot Times

थानकोट ।

आजबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृङ्खला सुरु हुँदैछ । पहिलो खेलमा बिहान ९ः१५ बजेदेखि सुरु हुँदैछ ।  

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो ।  आईसीसी विश्वकप क्रिकेट लिग-२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।

खेलको विभिन्न टेलिभिजन कम्पनीहरूले प्रत्यक्ष प्रसारण समेत गर्ने बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *