चन्द्रागिरिमा तासमा रमाइरहेका ७५ वर्षीय वृद्धसहित ८ जना समातिए, फेला पर्यो ३४ हजार रुपैयाँ
थानकोट ।
प्रहरी प्रभाग बलम्बुले चन्द्रागिरि नगरपालिका- ८ मातातीर्थबाट तास खेलिरहेका ८ जनालाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय प्रहरी समाचर कक्षका अनुसार मातातीर्थस्थित कंचन बस्तीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय वृद्धसमेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका व्यक्तिहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एआई जेनेरेटेड इमेज












