एसिसी महिला प्रिमियम कप: नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सको सामना गर्दै छ ।

यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुने तालिका रहेको छ ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि समान ८-८ विकेटको जित हासिल गरेको थियो ।

त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले पाजित भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *