एसीसी महिला प्रिमियर कप: सेमिफाइनलमा नेपालले आज मलेसियाको सामना गर्दै, खेल जिते एशिया कपमा

Thankot Times

थानकोट ।

नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियाको सामना गर्दैछ ।

यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११: १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो भने मलेसियाले बुधबार नै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आज नै अर्को सेमिफाइनलमा थाइल्याण्ड र युएई भिड्दैछन् ।

यो खेल भने नेपाली समय अनुसार बिहान ७ः१५ बजे हुदैछ ।

सेमिफाइनलका विजेता दुवै देश महिला एशिया कपमा छनौट हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *