विश्वकप क्रिकेट लिग-२ः नेपालको पहिलो जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ। 

गत वर्ष एकदिवसीय विश्वकप क्रिकेटमा केही अविश्वसनीय जित हात पारेको नेदरल्याण्ड्समाथि नेपाल शनिबार ९ विकेटको जित हात पार्न सफल भयो । 

हजाराैं दर्शकले साथ दिएको खेलमा शनिबार नेदरल्याण्ड्सले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो । नेदरल्याण्ड्सलाई अल आउट गर्ने क्रममा कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले २ विकेट लिए ।

भुर्तेल खेलको म्यान अफ दि म्याच चुनिए । 

प्रतियोगिता अन्तर्गत पर्सी सोमबार नामिबिया र नेदरल्यान्ड्सबीच त्रिवि मैदानमा खेल हुने तालिका रहेको छ । बुधबार नेपालले नामिबियासँग खेल्दा शुक्रबार पुनः नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुनेछ । 

फागुन १३ गते आइतबार नेपालले पुनः नेदरल्याण्ड्सको सामना गर्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *