सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल फाइनलमा
थानकोट ।
आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान १-१ गोल गरे । विकास बोहोरा म्यान अफ दि म्याच चुनिए ।
शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस स्कुल, साँगाले सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गर्यो । खेलमा दिप्सन परियार उत्कृष्ठ खेलाडी चुनिए ।
प्रतियोगिताको फाइनल खेल फागुन ८ मंगबालर मध्यान्ह १२ बजे हुने तालिका रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।
माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।













