मातातिर्थ जंगलमा एक युवक मृत अवस्थामा भेटिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका-८ मातातिर्थमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रभाग मातातिर्थका अनुसार स्थानीय धारापानी सामुदायिक वनमा एक युवा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
घटनाका सम्बन्धमा अनुसन्धान प्रकृया सुरु गरिएकोले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
घटनास्थल मातातिर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान नजिकै भएको बताइएको छ ।












